कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

हवाई फायर गरेर लुटेरा पक्राउ

दुर्गालाल केसी

दाङ — प्रहरीले हवाई फायर गरेर सोमबार तुलसीपुरमा तीन जना लुटेरा पक्राउ गरेको छ । अन्य दुईजना फरार छन् । तुलसीपुर उपमहानगरपालिका-३ खमारीस्थित चमेरेगुफा घुमेर मोटरसाइकलमा फर्कने क्रममा दुई जनालाई अपहरण गरी लुटपाट गर्ने समूहलाई गोली प्रहार गरी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

हवाई फायर गरेर लुटेरा पक्राउ

लुटेरा समूहले शनिबार बेलुका मोटरसाइकलमा रहेका ४६ वर्षीय पुरुष र २९ वर्षीया महिलालाई अपहरण गरी जंगलमा लगेर कुटपिट गरी अश्लिल भिडियो खिचेका थिए । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालिदिने धम्की दिँदै उनीहरुले ५ लाख रुपयाँ मागेका थिए । उक्त रकम दिने क्रममा आज बिहान खमारीको जंगलमा लुटेरा पक्राउ परेका हुन् । भाग्न खोजेपछि दुई राउण्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । अपहरणमा परेको दिन उनीहरुको साथमा रहेको रा४प ६०८३ नम्बरको मोटरसाइकल, मोबाइल, पर्स लगाएतका सामानहरु लुटिएको थियो ।


पक्राउ पर्नेमा तुलसीपुर ३ खमारीका १९ वर्षीय विमल वली १९ वर्षीय नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्री रहेका छन् । खमारीकै २३ वर्षीय ईश्वर पुन र २० वर्षीय अर्जुन पुन फरार रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : कार्तिक २५, २०७६ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?