२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रामग्राम स्तूपमा सर्वेक्षण

नवीन पौडेल

(परासी) — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका उजैनीस्थित रामग्राम स्तुपमा आधुनिक प्रविधियुक्त भौतिक (जियो फिजिक्स) सर्वेक्षण शुक्रबारदेखि सुरु भएको छ । बेलायतको दुराहम युनिभर्सिटीका पुरातत्त्वविद्, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका विज्ञबाट आधुनिक प्रविधिमार्फत काम सुरु भएको हो । 

स्तूप क्षेत्रमा चुम्बिकीयसहित विभिन्न चारवटा प्रविधि प्रयोग हुने वरिष्ठ पुरातत्त्वविद् रामबहादुर कुँवरले बताए । ‘यसअघिको सर्वेक्षणमा यहाँ महत्त्वपूर्ण ऐतिहासिक वस्तुहरू फेला परेको छ,’ उनले भने, ‘यो सर्वेक्षण १०/१२ दिनसम्म हुनेछ । यो विस्तृत सर्वेक्षण हो ।’


स्थलगत र नक्सामार्फत पुरातात्त्विक सामग्री संकलन गरिनेछ । सर्भेपछि रामग्राम स्तूप क्षेत्रमा प्राचिन बिहार, मानव बस्ती, अन्वेषण, बुद्धकालमा प्रयोग भएका अन्य सामग्रीको अवस्थाका बारेमा पत्ता लाग्ने बेलायती युनिभर्सिटीका प्रोफेसर रविन कमिङघमले बताए । प्रमाणका आधारमा केही महिनापछि उत्खनन् सुरु हुने विज्ञ टोलीले जानकारी दिएको छ । यसअघि सन् १९९७, १९९९ र गत वर्ष (सन् २०१८) मा पनि सर्भे गरिएको थियो । रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले स्तूपको विकासका लागि नगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । बुद्धको ८ अस्तुधातुमध्ये सबै स्थानको निकालिए पनि यस क्षेत्रको भने अस्तु उत्खनन हुन नसकेको बौद्धमार्गीमा विश्वास छ ।

प्रकाशित : कार्तिक २४, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?