कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेश ५ का प्रदेश प्रमुख धर्मराज यादवबाट पदभार ग्रहण

कान्तिपुर संवाददाता

बुटवल — प्रदेश ५ का प्रदेश प्रमुख धर्मराज यादवले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा बुधबार साँझ उनले पदभार ग्रहण गरेका हुन् । 

प्रदेश ५ का प्रदेश प्रमुख धर्मराज यादवबाट पदभार ग्रहण

पदभार ग्रहणपछि बोल्दै उनले कसैप्रति भेदभाव, प्रतिशोध र असमान दृष्टि नराखी आफ्नो कार्यकाल सफलतापूर्वक चलाउन कोशिस गर्ने बताए । ‘मलाई कसरी चलाउने अनुभव केही छैन । तपाईहरुबाट सिक्नुपर्ने छ,’ प्रदेशका मन्त्रीहरुलाई इंगित गर्दै उनले भने, ‘तपाईहरुबाट सिक्नुपर्ने छ । सिक्दै र सहयोग लिदै काम गर्नेछु ।’


प्रदेश प्रमुख यादवले काँधमा जिम्मेवारी आएसंगै मस्तिष्कमा समझदारी र काममा इमानदारी देखाउनुपर्ने बताए । तिनका आधारमा प्रदेशलाई नमुना बनाउन र चुनौतीहरु पार गर्न सबैबाट सहयोग लिएर अघि बढ्ने उनले जनाए ।


प्रकाशित : कार्तिक २०, २०७६ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?