१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उपनिर्वाचन : उम्मेदवारको टुंगो लाग्दै

कान्तिपुर संवाददाता

दाङ — जिल्लामा उपनिर्वाचनको चहलपहल सुरु भएको छ । दाङ ३ ‘ख’ मा चुनाव हुँदै छ । ०७५ माघ १६ गते कार दुर्घटनामा परी उत्तरकुमार वलीको निधन भएको थियो । वलीको निधनपछि उक्त क्षेत्र खाली भएको हो ।

उपनिर्वाचन : उम्मेदवारको टुंगो लाग्दै

घोराहीस्थित बार एसोसिएसनको भवनमा आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरी मनोनयनपत्र वितरणसमेत थालेको छ । सोमबार राष्ट्रिय जनमुक्ति पार्टीले मनोनयनपत्र लिएको छ ।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वलीकै पत्नी विमला वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसैगरी, राष्ट्रिय जनमोर्चाले डिलाराम बुढाथोकी, साझा पार्टीले शिवकुमार चौधरी र समाजवादी पार्टीले डिल्लीबहादुर डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेका छन् । कांग्रेसले भने अहिलेसम्म उम्मेदवारको टुंगो लगाएको छैन । कात्तिक २१ गते मनोनयनपत्र दर्ताको मिति तोकिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।


उक्त क्षेत्रमा ६८ हजार ७ सय १९ मतदाता छन् । ३२ निर्वाचन स्थल र ७७ मतदान केन्द्र तोकिएको छ । निर्वाचन हुने क्षेत्रमा तुलसीपुर उपमहानगरपालिकाका चार वडाका साथै दंगिशरण गाउँपालिका, बबई गाउँपालिका र शान्तिनगर गाउँपालिका पर्छन् ।


यसैगरी, घोराही उपमहानगरपालिका १६ मा पनि निर्वाचनको तयारी भएको छ । वडाध्यक्ष लछिनप्रसाद बुढाको मृत्युपछि उक्त वडा खाली भएको हो । कांग्रेसले ताराबहादुर डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेकपालगायत अन्य दलले भने उम्मेदवारको टुंगो लगााइसकेका छैनन् । वडामा ४ हजार ४ सय ५३ मतदाता छन् । २ मतदान स्थल र ५ केन्द्र निर्धारण गरिएको छ ।


प्रकाशित : कार्तिक १९, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?