१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दुर्घटनामा १ को मृत्यु, ३ जना घाइते 

दुर्गालाल केसी

दाङ — तुलसीपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १ को मृत्यु, ३ जना घाइते 

नेपालगञ्जबाट तुलसीपुरका लागि छुटेको बा२ख ३९५९ नम्बरको हायस गाडी र तुलसीपुरबाट शितलपुरतर्फ जाँदै गरेको रा१ह ३५४९ नम्बरको अटो रिक्सा बुधबार बेलुका तुलसीपुरमा ठोक्किँदा अटोमा सवार तुलसीपुर १६ की २८ वर्षीया लक्ष्मी चौधरीको मृत्यु भएको हो ।


घटनामा अटोमा सवार मृतककी १७ महिनाकी छोरी आदिशा चौधरी, तुलसीपुर १६ का प्रविण चौधरी र विजय चौधरी घाइते भएका छन् । उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचापछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको ईलाका प्रहरी तुलसीपुरले जानकारी दिएको छ ।

प्रकाशित : कार्तिक १४, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?