५ किलो चरेससहित एक पक्राउ 

हरि गौतम

रुकुम पूर्व — लागू औषध चरेससहित एक महिला पक्राउ परेकी  छन् ।  जिल्ला प्रहरी कार्यालयले चरेससहित पुथाउत्तरगंगा गाउँपालिका–१२ क्युबाङचौरबाट २७ वर्षीया शिला सुनारलाई पक्राउ गरेको हो ।

५ किलो चरेससहित एक पक्राउ 

गर्खानीबाट क्युबाङतर्फ चरेस लैजाँदै गर्दा सुनारलाई प्रहरीले आइतबार राति पक्राउ गरेको थियो ।


विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयले जिल्लाकै टोली परिचालन गरी चरेससहित महिलालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।


रुकुमकोट जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी सुनारमाथि अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

प्रकाशित : कार्तिक ५, २०७६ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?