कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

जुवा खेलेको अभियोगमा ७ पक्राउ

दुर्गालाल केसी

दाङ — जुवा खेलेको अभियोगमा प्रहरीले शुक्रबार राति घोराहीबाट ७ जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका १७ गुलरिया पार्कस्थित भक्त भण्डारीको घरमा तास खेलिरहेको अवस्थामा १ लाख १३ हजार ५ सय रुपयाँ नगद र ७ गड्डी ताससहित पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए । पक्राउ पर्नेमा घोराही १५ का ३२ वर्षीय पूर्ण वली, ४४ वर्षीय मेघराज पौडेल, घोराही १६ का ३० वर्षीय शिव केसी, घोराही १२ का २० वर्षीय रविन थापा, ३१ वर्षीय अनिल गिरी, घोराही १५ का २७ वर्षीय सञ्जय परियार र घोराही १७ का ४३ बर्षीय भक्त केसी छन् ।


पक्राउ परेकाहरु विरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२५ को जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही थालिएको डिएसपी शाहले जानकारी दिए ।

प्रकाशित : कार्तिक २, २०७६ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?