बाँधले डल्फिन हराउँदै

कमल पन्थी

बर्दिया — कर्णाली नदीको भंगालो गेरुवामा डल्फिन देखिन छाडेको छ । नेपाल–भारत सीमा क्षेत्रमा निर्माण गरिएको बाँधका कारण यो जलचर हराउँदै गएको हो । नेपालबाट बगेका डल्फिन गिरीजापुरीमा निर्माण गरिएको बाँधबाट तल भर्छन् । त्यहाँबाट फर्किन सक्दैनन । त्यसको प्रभाव यहाँ देखिएको छ । अहिले कर्णालीमा डल्फिन देखिँदैनन । 

कोसी, नारायणी र कर्णाली नदीका सीमावर्ती क्षेत्रमा निर्माण गरिएका बाँधले डल्फिन फर्किन नसक्ने वन्यजन्तु विशेषज्ञ डा. शान्तराज ज्ञवालीले बताए ।


‘बाँधले डल्फिनलाई समस्यामा पारेको छ,’ उनले भने, ‘कर्णाली र यसको भंगालोबाट बगेर गएका डल्फिन उच्च जोखिममा छन् ।’ निकुञ्जको सीमा हुँदै बग्ने कर्णालीमा सन् १९८० को दशकसम्म सयभन्दा बढी डल्फिन देखिन्थे । अहिले संख्या घटिरहेको छ ।


केही वर्ष अघिसम्म डल्फिनका लागि पर्याप्त पानी भएको गेरुवामा विचरण गरेको देखिन्थ्यो । ७ वर्ष अघि बर्दिया निकुञ्जले गरेको सर्वेक्षणअनुसार अहिले कर्णालीमा ६ डल्फिन मात्रै छन् । त्यसबेला गेरुवामा जलस्तर बढी थियो । अहिले पश्चिम कर्णालीमा केही डल्फिन रहेको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । उनका अनुसार ७ वर्ष अघिबाट गेरुवाले धार परिवर्तन गरेपछि पानी कम भएको छ ।


त्यसपछि गेरुवाबाट डल्फिन हराउँदै गएका हुन् । तीन दशक अघिसम्म ठूलो संख्यामा गेरुवामा रहेको डल्फिन अनुगमनको क्रममा गत साउनमा एउटा डल्फिन देखिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । कर्णालीमा भने ६ वटा फेला परेको छ । लामो अनुसन्धान पछि गेरुवामा हिउँदमा एउटा पनि डल्फिन नभेटिएको निकुञ्जले जनाएको छ । सहायक संरक्षण अधिकृत भण्डारीले गिरीजापुरमा बाँधसँगै गेरुवामा जलस्तर सुक्दै गएपछि डल्फिन देखिन छाडेको हो । जथाभाबी माछा मार्ने, गेरुवामा जलस्तर घट्दै गएकाले कर्णालीमा छ वटा डल्फिन रहेको अनुमान स्थानीयको छ ।’


निकुञ्ज हुँदै बगेको कर्णाली र यसको भंगालो गेरुवामा चोरी सिकार शुन्य छ । डल्फिनको आहारा प्रजाति घटेको कारणले पनि समस्या भएको वन्यजन्तु विशेषज्ञले दाबी गर्छन । विगतमा अवैध रूपमा माछा मार्नु, माछा मार्दा नदीमा विषादी प्रयोग र नेपाल–भारत सीमा बनाइएको गिरीजापुरी बाँध नै डल्फिन लोप हुने प्रमुख कारण भएको स्थानीय संरक्षणकर्मी राम शाहीले बताए । डल्फिनलगायत साना माछामा आश्रित ठुला माछाको प्रजाति पनि लोप हुँदै गएको संरक्षणमा लागेका बताउँछन् ।


स्थानीय भाषामा डल्फिनलाई ‘सोस’वा ‘ससुवा’ भनिने डल्फिन मानिससँग नजिकको मित्रता गाँस्न सक्ने जीवका रूपमा प्रख्यात छ । अत्यन्त बुद्धिमान्, स्तनधारी जीव डल्फिन मानिससँग नजिकको मित्रता गाँस्न सक्ने जीवका रूपमा प्रख्यात छ । अत्यन्त बुद्धिमान्, स्तनधारी जीव डल्फिनको चमत्कारी प्रकृतिमा आधारित भएर धेरै मुलुकमा डल्फिनलाई विभिन्न खेल खेलाइन्छ ।


नेपालमा नारायणी, कोसीजस्ता ठूला र प्रदूषणले कम छोएका नदीमा डल्फिन पाइए पनि कर्णाली नदीमा डल्फिन प्रायः लोप हुँदै गएको निकुञ्जका कर्मचारीले बताए ।

प्रकाशित : कार्तिक २, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?