कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मेलामा जातीय सद्भाव

कान्तिपुर संवाददाता

पाल्पा — जातीय एकता र सद्भावको नमुनाका रुपमा परिचित ‘लमिनी/दमिनी’ मेला शुक्रबार रैनादेवी छहराको छहराको बोखरडाँडामा लागेको छ । कोजाग्रत पूर्णिमाको पाँच दिनपछि पञ्चमीमा हरेक वर्ष यो मेला लाग्छ । रैनादेवी छहरा ४, रायमाझी डाँडा नजिकमा लाग्ने यो मेला अन्यत्रको भन्दा फरम हुन्छ । 

मेलालाई स्थानीयले ‘दमिनी सराय’ भन्ने पनि भन्ने गर्छन् । दमाई जातीकी महिला लामा हल्लिएजस्तै हल्लिने भएकाले पनि लमिनी सराय पनि भन्ने गरेको स्थानीय टिकाराम पोखरेलले बताए । मेलामा यस भेगका हजारौंको सहभागिता थियो । यहाँ दमाई जाति नै पुजारी हुन्छन् । दमिनीको घरबाटै सरायँ निकाल्ने चलन छ । यसको पुजारी पनि दमिनी नै हुन्छन् । दमाई जातिले सबै अन्य ब्राह्मण, क्षेत्री, नेवार, दलित सबै मेला भर्न आउनेलाई टिका, जमरा र प्रसाद दिन्छन् । मेला व्यवस्थापन पनि दमाई परिवारबाटै हुन्छ ।


दलित घरपरिवारमा घरमा जमरा राखिएको हुन्छ । दलित जातिले व्यवस्थापन गरेपनि सबै जातिका मानिसहरू मेलामा सहभागी हुन आउँछन् । ‘छहराको यो मेला अन्यत्रको भन्दा फरक छ,’ स्थानीय फर्सबहादुर कुँवरले भने, ‘यस्तै गरी जतासुकै हुने हो भने जातीय भेदभाव रहने थिएन ।’ जातीयताका नाममा घटना हुने गरेपनि यसको आफ्नै मौलिकपन रहेको उनले बताए ।


वडाध्यक्ष विष्णुप्रसाद पोखरेलका अनुसार गाउँमा एक जना ‘लमिनी’ बस्थिन् । बल्ढेङ्गढी (रैनादेवी छहरा–७ ) मा छाडिएको पाडो भागेर यही आएको थियो । बोखरडाँडामा रहेकी फुस्री दमिनी (दमाई जाति) को घरमा आएर उसले उपद्रो गर्न थाल्यो । एक्कासी दमै जातिकी लमिनी हल्लिएपछि पूजाआजा गर्दा पाडो र लमिनि शान्त भए ।


त्यसपछि हरेक वर्ष दसैं पछिको पञ्चमी तिथिमा मेला लाग्ने, दसैंको फुलपाती सेलाउने, जमरा सेलाउने चलन सुरु भएको हो । स्थानीय विनबहादुर नेपालीका अनुसार त्यसपछि यसलाई लमिनि भन्दै दमिनी सराय भन्न थालियो । ‘मेला सुरु भएको धेरै भएको छैन,’ उनले भने, ‘दमाई जातिले निकाल्ने भएकाले ‘दमिनी’ भएको हो ।’ बली दिने पाडो, कुखुरा लगायत पूजाका लागि रकम अभाव भएको परिवारले स्थानीय तहमा जानकारी गराएका थिए ।


त्यसपछि मेला लगाउन, सराय निकाल्न, बली दिन र पूजाखर्च दिएको वडाध्यक्ष पोखरेलले बताए । सबैतिर मेला सकिएपछि निकालिने भएकाले यसको महत्व अझ बढी रहेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए ।


प्रकाशित : कार्तिक २, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?