छुट्टाछुट्टै घटनामा दुईकाे मृत्यु 

माधव अर्याल

पाल्पा — छुट्टाछुट्टै घटनामा शुक्रबार पाल्पामा दुई जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका–४, विशाल बजार नजिकै घर बनाउने क्रममा जग खन्दा माटोको ढिस्कोले पुरिएर बगनासकाली गाउँपालिका–१, घोरबन्दाका ४४ वर्षीय हर्कबहादुर कुमालको मृत्यु भएको छ । 

विशाल बजारका रोहित कुमार रामदामको नयाँ घर निर्माणका क्रममा जग खन्ने क्रममा माटोको ढिस्कोले पुरेपछि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए ।


कुमाललाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको थियो । उनीसँगै काम गर्ने अर्का एकजना कामदार भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयले बताए ।


यसैगरी स्याउला काट्ने क्रममा रुखबाट लडेर रिब्दीकोट गाउँपालिका–१, ख्याहाकी ३५ वर्षीय कमला पहराईको मृत्यु भएको छ । रुखबाट लडेर घाइते भएकी पहराईलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक १, २०७६ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?