कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

लोकसेवा आयोगमा २ सदस्य थप

कान्तिपुर संवाददाता

रूपन्देही — सरकारले प्रदेश लोकसेवा आयोगमा दुई सदस्य थप गरेको छ  । प्रदेश– ५ का मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा गठन भएको सिफारिस समितिका आधारमा प्रदेश प्रमुख उमाकान्त झाले बाबुराम गौतम र राहेल पोखरेललाई बिहीबार सदस्यमा नियुक्त गरेका हुन्  ।

सिफारिस समितिमा मुख्यमन्त्री पोखरेलसहित सभामुख पूर्णबहादुर घर्ती र प्रमुख प्रतिपक्ष दलका नेता बलदेश शर्मा पोखरेल छन् । लोकसेवा आयोगको अध्यक्षमा साउन दोस्रो साता समितिको सिफारिसमा महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख प्राध्यापक डिलाराम भट्टराई नियुक्त भएका थिए ।

सरकारले नियुक्त गरेका भट्टराई सन्धिखर्क नगरपालिका–१०, अर्घाखाँचीका हुन् । गौतम गुल्मी दरबार गाउँपालिका–२, जुभुङ र पोखरेल तिलोत्तमा नगरपालिका–१४ टकुलीगढकी हुन् ।

लोकसेवा ऐनले एक महिला सदस्यसहित तीन सदस्यको व्यवस्था गरेको छ । सरकारले लोकसेवा आयोगको कार्यालयसमेत बुटवलमै खोलेर काम सुरु गरिसकेको छ ।

प्रकाशित : कार्तिक १, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?