कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

महेन्द्र कुर्मीको हत्यामा संलग्न एक पक्राउ

अमृता अनमोल

बुटवल — गोली प्रहारबाट मारिएका महेन्द्र कुर्मीको हत्यामा संलग्न एकजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । गोली हान्ने मोटरसाइकलमा बसेका भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेम थापाले बताए ।

महेन्द्र कुर्मीको हत्यामा संलग्न एक पक्राउ

उनको पहिचान र पक्राउ बिवरण भने गोप्य राखिएको छ । २ वटा मोटरसाइकलमा आएका ३ जनाले गोली हानी कुर्मीको हत्या गरेका थिए ।


हत्यामा संलग्न तीनै जना भारतीय मूलका रहेको प्रहरीको आंकलन छ । ओमसतिया गाउँपालिका ४ का ३५ वर्षीय महेन्द्र कुर्मीको भदौ २९ मा रोहिणी गाउँपालिका ३ मा हत्या भएको थियो । गोली प्रहार गर्ने समूहले उनीसँग रहेको ५ लाख रुपैयाँ समेत लुटेर लगेको थियो ।


प्रकाशित : आश्विन ३०, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?