२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नेटवर्किङ सञ्चालन गर्ने पक्राउ

कान्तिपुर संवाददाता

बर्दिया — भारतीय ओरियन्स कम्पनीको नेटवर्किङ व्यावसाय संचालन गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । प्रहरी निरीक्षक लक्ष्मण वलीले पक्राउ परेकामध्ये ४ जना विरुद्ध जिल्ला र एक जना विरुद्ध इलाका प्रहरी कार्यालय बानियाभारले मुद्दा चलाएको जनाए । पक्राउ गरिएकाको नाम सार्वजनिक गरिएको छैन ।

उक्त कम्पनीले पश्चिम तराइका बर्दिया, कैलाली, कञ्चनपुरका सर्वसाधरणलाई सदस्य बनाएको पाइएको छ । भारतको उत्तरप्रदेश राज्यस्थित लखिमपुरमा रहेको कम्पनीको सदस्य बन्न प्रति व्यक्ति ६० हजार भारतीय रुपैयाँ (भारु) शुल्क लाग्ने गरेको छ । एक जनाले थप दुई जनालाई सदस्य बनाउनु पर्ने नियम छ । उक्त कम्पनीबाट ठगिएको भन्दै २६ जनाले प्रहरी समक्ष उजुरी दिएका छन् । राजापुर–३ की सविता राजवंशीले सदस्यता बने वापत ६० हजार भारु बुझाएको बताइन् । कैलालीको जोशीपुर–५ का अशोक दगौडा थारुले आफू ठगिएको भन्दै सदस्य बनाउने विरुद्ध उजुरी दिएका छन् । सदस्य बनेपछि बढीमा २ हजार रुपैयाँको औषधि दिएर पठाउने गरेको पीडितले बताए ।


कम्पनीले शक्तिबर्धक, ग्याष्ट्रिक, टाउको दु:ख्ने, नशा सम्बन्धी रोगको औषधी बेच्ने गरेको छ । औषधिका चक्किको नाम, म्याद, नाम खुलेको हुँदैन । कम्पनीले सदस्यता बनाएबापत औषधी उपचार नि:शुल्क पाइने भन्दै नेटवर्किङमा लाग्ने धेरै ठगीका छन् ।


प्रकाशित : आश्विन ३०, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?