२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

टिपर दुर्घटनामा सहचालकको मृत्यु 

माधव अर्याल

पाल्पा — पाल्पाको पूर्व निस्दी गाउँपालिका-७ ज्यामिरेमा भएको टिपर दुर्घटनामा रुपन्देहीको सियारीका १८ वर्षीय सहचालक विवेक खत्रीको मृत्यु भएको छ । होङ्सी शिवम् सिमेन्टको चुनढुङ्गा खानी नजिकै आइतबार बेलुकी भएको लु २ ख ३५८७ नम्बरको टिपर दुर्घटनामा खत्रीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । 

दुर्घटनामा रिब्दिकोट गाउँपालिका–८ फेकका ३२ वर्षिय चालक गणेश कुँवर सख्त घाइते भएको प्रहरीले जनाएको छ । घाइते कुँवरको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपाल सिंह रानाले जानकारी दिएका छन् ।


घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । जिल्ला सदरमुकामदेखि झण्डै ७० किलोमिटर पूर्व दुर्गम गाउँमा भएको दुघटनाको जानकारीसमेत ढिला आएकाले सोमबार बिहान मात्र घटनास्थलको मुचुल्का भएको छ ।

प्रकाशित : आश्विन २७, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?