३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

टेलिफोनमा समस्या

कान्तिपुर संवाददाता

परासी — पश्चिम नवलपरासीका अधिकांश स्थानमा टेलिफोन र मोबाइल सेवामा समस्या आएको छ  । सदरमुकाम परासीमा खानेपानीको नयाँ पाइप जडान गर्ने क्रममा अप्टिकल फाइबर काटिएपछि टेलिफोन र मोबाइल सेवामा समस्या आएको दूरसञ्चार कार्यालय परासीका प्रमुख बिस्नुदेव मृदाहाले बताए  ।

पाइप जडानका क्रममा अप्टिकल फाइबर काटिन सक्ने समितिलाई जानकारी गराए पनि लापरबाही गर्दा सञ्चार सेवामा समस्या आएको उनले बताए । काटिएको फाइबर अहिलेसम्म जडान भएको छैन । तार काटिएपछि विच्छेद भएको सञ्चार सेवालाई रेडियो फ्रिक्वेन्सीबाट सुचारु गरिएको छ । रेडियो फ्रिक्वेन्सीबाट फालिने सेवा त्यति प्रभावकारी हुँदैन । फ्रिक्वेन्सीबाट मोबाइल र टेलिफोनमा आवाज स्पष्ट आउन सकेको छैन ।

प्रकाशित : आश्विन १६, २०७६ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?