कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बस खस्दा चालकसहित २ को मृत्यु 

काशीराम डाँगी

रोल्पा — पूर्वी रोल्पामा एक यात्रुबाहक बस लुंग्री खोलामा खस्दा चालकसहित दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो सवा १  बजे ग १ ख ५५७३ नम्बरको बस लुंग्री खोमा खसेको हो । 

बस खस्दा चालकसहित २ को मृत्यु 

प्रहरीका अनुसार सडक चिप्लो हुँदा बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।


मृत्यु हुनेहरुमा चालक लंग्री गाउँपालिका-३ जुतुङखोला निवासी २२ वर्षीय यामबहादुर घर्ती र बसमा सवार यात्रु लुंग्री–२ सिर्प निवासी १९ वर्षीय सूर्यलाल जिएम छन् ।


यात्रुले खचाखच भरिएको उक्त बस सुलीचौर बसपार्कबाट छुटेकी केही मिनेटमै दुर्घटनामा परेको थियो ।


सडक साँघुरो, असजिलो र घुम्ती भएकाले उक्त बस चालकले फर्काउन खोज्दा सोझै खोलामा खसेको प्रहरीको भनाइ छ । रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घटनापछि उद्धारका लागि प्रहरीसहित स्थानीय खटिएको जानकारी दिए ।


उद्धारकर्ताहरुले खोलामा पानी निकै भएकाले उत्तानो परेको बसभित्र रहेका यात्रुलाई झिक्न थप समय पर्खनुपर्ने बताएका छन् ।

प्रकाशित : आश्विन १३, २०७६ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?