दुर्घटनामा ८ घाइते 

माधव अर्याल

पाल्पा — विपरीत दिशाबाट आएका बस र जीप एकापसमा ठोक्किादा ८ यात्रु घाइते भएका छन् । तानसेन नगरपालिका–४ होलाङदीमा आइतबार बेलुकी भएको दुर्घटनामा बगनासकाली–८ बराङ्दीकी ५६ वर्षीया तुलसा घर्तीको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी प्रमुख पृथ्वीनारायण काफ्लेले बताए । 

दुर्घटनामा ८ घाइते 

अन्य ७ यात्रुको अवस्था सामान्य छ । ६ जनाको लुम्बिनी मेडिकल कलेज र दुई जनाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।


प्रहरीका अनुसार तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ६०६१ नम्बरको बस र विपरीत दिशातर्फबाट आउँदै गरको लु १ ज २३६३ नम्बरको जीप एकापसमा ठोक्किएका हुन् ।


प्रहरीले दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : आश्विन १२, २०७६ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?