दुर्घटनामा ८ घाइते
पाल्पा — विपरीत दिशाबाट आएका बस र जीप एकापसमा ठोक्किादा ८ यात्रु घाइते भएका छन् । तानसेन नगरपालिका–४ होलाङदीमा आइतबार बेलुकी भएको दुर्घटनामा बगनासकाली–८ बराङ्दीकी ५६ वर्षीया तुलसा घर्तीको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी प्रमुख पृथ्वीनारायण काफ्लेले बताए ।
अन्य ७ यात्रुको अवस्था सामान्य छ । ६ जनाको लुम्बिनी मेडिकल कलेज र दुई जनाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ६०६१ नम्बरको बस र विपरीत दिशातर्फबाट आउँदै गरको लु १ ज २३६३ नम्बरको जीप एकापसमा ठोक्किएका हुन् ।
प्रहरीले दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित : आश्विन १२, २०७६ १९:०४प्रतिक्रिया