१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

गुडिरहेको बसमा ढुंगा खस्दा ५ घाइते 

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान–सिद्धबाबा सडक खण्डमा शनिबार गुडिरहेको बसमा अचानक ढुंगा खस्दा ५ यात्रु घाइते भएका छन् ।

गुडिरहेको बसमा ढुंगा खस्दा ५ घाइते 

तानसेनबाट बुटवल जाँदै गरेको लु १ ख ६१८० नम्बरको बसमा ढुङ्गा खस्दा चालक तिलोत्तमा नगरपालिका–४ का वर्षीय कमल राउत, वालिङ नगरपालिका १४ की ३८ वर्षीया रोमादेवी डुम्रे, नौतुना भारतकी २६ वर्षीया श्रीमाया साहानु, तिनाउ गाउँपालिका–६, मस्याम ५२ वर्षीय टीकाराम भण्डारी र माथागढी–५, हात्तीलुङका २३ वर्षीय सन्तोष चौहान घाइते भएका छन् । घाइतेहरुलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि पठाइएको दोभान प्रहरी चौकी प्रमुख बालबहादुर घर्तीमगरले बताए । बसमा २० यात्रु सवार थिए ।


राजमार्गको तिनाउ जलविद्युत्‌को हेडबक्स नजिकै माथिबाट खसेको ढुंगा बसमा लागेको थियो ।

प्रकाशित : आश्विन ११, २०७६ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?