१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भारतीय सीमामा नेपाली महिलाको शव

कमल पन्थी

(बर्दिया) — नेपाल भारत सीमाको बबई नदीमा एक नेपाली वृद्धाको शव फेला परेको छ । बढैयाताल गाउॅपालिका-८ कण्ठपुरकी ७५ वर्षिया द्धारिका अधिकारी भारत बहराईच जिल्ला मिहीपुरुवास्थित गोपिया व्यारेजमा मृत फेला पारेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।

असोज ६ गते गुलरियास्थित भादा पुलबाट हामफालेकी अधिकारीको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको संयुक्त प्रयासमा खोजतलासको क्रममा भारतीय सीमा गोपिया ब्यारेजमा बिहीबार बेलुकी शव फेला परेको हो ।


भारतीय सुरक्षा निकायको समन्वयमा सिमावर्ती क्षेत्रमा खोजतलास गरिएको थियो । शुक्रबार शव परीक्षणपछि आफन्तलाई बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १०, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?