मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

दुर्गालाल केसी

दाङ — घोराहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ४ प ७८९३ नम्बरको मोटरसाइकल शुक्रबार राति अनियन्त्रित भई घोराही उपमहानगरपालिका ९ गुकाली डाँडास्थित सडक किनारको सिमेन्टको पिल्लरमा ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक घोराही ९ का २५ वर्षीय मनोज बिक र पछाडि बसेका घोराही ५ धर्नाका २५ वर्षीय दिपक बिक छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।

प्रकाशित : आश्विन ४, २०७६ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?