बेवारिस शव फेला

कान्तिपुर संवाददाता

दाङ — लमही नगरपालिका ७ उचानिम्बुस्थित सामुदायिक वनमा शुक्रबार एक महिलाको बेवारिस शव फेला परेको छ ।

प्रतिकात्मक तस्बिर ।

वनमा च्याऊ टिप्न गएका बालबालिकाहरुले खबर गरेपछि घटनास्थलमा पुग्दा करिब ३५/३६ वर्षीया महिलाको शव सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : आश्विन ३, २०७६ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्

जानकी मन्दिरमा बमको हल्ला

सन्तोष सिंह

धनुषा — जानकी मन्दिरमा सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएको छ । मन्दिरमा बम राखिएको सूचनापछि प्रवेशमा रोक लगाइएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।


शुक्रबार दिउँसो मन्दिरमा विस्फोटक पदार्थ रहेको सूचना प्रहरीलाई प्राप्त भएपछि मन्दिर पव्रवेशमा रोक लगाइएको हो, खनालले भने,‘सूचना लगतै मन्दिर परिसर नियन्त्रणमा लिएर चेक जाच गरिएको छ।’ प्रहरीले विस्फोटक पदार्थ पता लगाउन कुकुर समेत परिचालन गरेको थियो। करिब २ घण्टासम्म मन्दिर प्रवेशमा रोक लगाइएको खनालले बताए।

मन्दिरमा बम राखिएको बारे प्रहरीलाई फोन मार्फत सूचना आएको थियो। मन्दिर प्रवेशमा रोक लगाएर विस्फोटक पदार्थको खोजी भइरहँदा बजार क्षेत्रमा सादा पोसाकमा प्रहरी खटिएका थिए।

मन्दिरमा बम राखिएको अपवाहले आसपासका व्यवसायी र स्थानीय त्रसित भएका छन्। पर्यटकको भिडभाड रहने जानकी मन्दिरमा बम राखिएको विषयलाई प्रहरीले गम्भिरताका साथ लिएर निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित : आश्विन ३, २०७६ १५:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्