सहायक वन अधिकृत घूससहित पक्राउ 

नवीन पौडेल

परासी — अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले बिहीबार पश्चिम नवलपरासीको परासीमा घूससहित सहायक वन अधिकृत र एक जना बिचौलियालाई पक्राउ गरेको छ । 

सहायक वन अधिकृत घूससहित पक्राउ 

डिभिजन वन कार्यालय प्रतापपुरका सहायक वन अधिकृत पर्शुराम चौधरी र स्थानीय मनोजकुमार शर्मालाई सरकारी वकिलको कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको हो ।


वन मुद्दा मिलाइदिने भन्दै चौधरीले ६५ हजार नगद घूस लिँदै गर्दा नियन्त्रणमा लिएको अख्तियारको बुटवल कार्यालयका सुचना अधिकारी सुरेश भुषालले बताए ।


वन कार्यालय रहेको घरबेटीसँग मिलेर घूस लिँदै गर्दा दुवैलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

प्रकाशित : आश्विन २, २०७६ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?