एक दिनको झरीले नेपालगन्ज चुर्लुम्म 

मधु शाही

बाँके — एक दिनभरी परेको झरीले नेपालगन्जका विभिन्न स्थान डुबानमा परेका छन् । यस्तो अवस्थामा स्थानीय घरभित्रै बसेर पनि लुछुप्पै भिजेका हुन्छन् । केहि सडकमै आएको भेलमा माछा मार्ने जर्मको गर्छन् । कसैले पानी परेर भत्किएको माटोको भित्ता लिप्न लाग्छन् ।

एक दिनको झरीले नेपालगन्ज चुर्लुम्म 

खास गरी सहरी क्षेत्रमा पानीको डुबानमा परेका पसलले व्यापार त परै जाओस्, सामान जोगाउनतिर लाग्छन् । कोही भने पसलभित्र पसेको पानी जगले बाहिर फाल्दै थिए ।


नेपालगन्ज उपमहानगरपालिका यतिबेला महानगरपालिका बनाउने धुनमा छ । यसैमा स्मार्ट सिटीको परिकल्पना समेत गरेको छ । थुपै लगानीमा एसियाली विकास बैंकले सडक चम्काएको छ । ढल र नाला निकासा नहुँदा भने यहाँका स्थानीय वर्षै पिच्छे डुबानमा पर्न बाध्य छन् ।


नेपालगन्जको ‘न्युरोड’लाई सबैभन्दा राम्रो र व्यवस्थित सहर मानिन्छ । यहाँ व्यापारिक दृष्टिले पनि व्यवस्थित छ । तर, बर्खाको बेला डुबानले गर्दा हिडडुल गर्नै मुस्किल छ । व्यवस्थित सहर भनेर चिटिक्क पारिएको ‘न्युरोड’ मा पसलेले बुधबार दिनभरी व्यापार नगरी पानी फालेरै बिताए । ‘ढल चारैतिर बन्द छन्, सडकको पानी पसलभित्रै छिर्छ’, न्युरोडका एक फेन्सी व्यापारीले भने, ‘एकदिनमा डुबान हुन्छ । दुई पर्‍यो भने ज्यानै जोगाउन गाह्रो छ ।’


त्यस्तै, सेतुविक चोक, फुलबारी, नेपालगन्ज उपमहानगरपालिका–७ लगायतका विभिन्न स्थानमा ढल निकासा नहुदा पानी डुबान हुने गरेको हो ।

प्रकाशित : आश्विन १, २०७६ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?