कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सल्लीमा सय केभीको ट्रान्सफर्मर

सल्यान — बन्गाडकुपिण्डे नगरपालिकाको सल्लीबजारमा कम भोल्टेज र अनियमित लोडसेडिङको समस्या बढेपछि एक सय केभीको ट्रान्सफर्मर जडान गरिएको छ । प्राधिकरणले गैलीबजारमा जडान गरेको ट्रान्सफर्मरले गैलीबजार र देवस्थलसम्मको विद्युत् वितरणलाई सहज बनाउनेछ । 

प्राधिकरणका अनुसार माथिल्लो बजारमा रहेको ट्रान्सफर्मरमार्फत सल्लीबजार क्षेत्रको विद्युत् वितरण सहज बनाइएको छ । तत्कालै नगरभित्रको घाटगाउँ र माल्पेको लागि ३० केभीको ट्रान्सफर जडान गर्नेगरी काम सुरु भइसकेको प्राधिकरणले जनाएको छ । असोजभित्रै उक्त ट्रान्सफर सञ्चालन गरी आपखोली, माल्पे, कुपिण्डे र सुनौलीमा विद्युत् सेवा विस्तार गर्ने प्राधिकरणको योजना छ । भोल्टेजको कमीका कारण मारमा परेका व्यवसायीलाई ट्रान्सफर जडानले सुविधा पुगेको मनि फर्निचर उद्योगका सञ्चालक हिरासिंह विकले बताए ।


यसअघि बजार विस्तारसँगै विद्युत् वितरणमा समस्या भएको थियो । विद्युत् प्राधिकरण सल्लीबजार शाखाका प्रमुख लोकेन्द्रमान शाक्यले नयाँ ट्रान्समिटर जडानपछि उद्योग, कलकारखाना, वित्तीय सस्था र स्थानीयले भोग्दै आएको समस्या समाधान भएको बताए ।


विद्युत् प्राधिकरणले सल्लीबजारमा यसअघि ५० केभीको ट्रान्सफर्मर जडान गरेको थियो । नगरपालिका प्रमुख गोविन्दकुमार पुनले विद्य्त् ुप्राधिकरणमा बारम्बार ताकेता गरिएपछि ट्रान्सफर्मर स्तरोन्नति गरिएको बताए ।

प्रकाशित : आश्विन १, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?