कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बल्ल चिकित्सक

प्यूठान — प्रमुखको जिम्मेवारीसहित आइतबार प्यूठान जिल्ला अस्पतालमा चिकित्सक आइपुगेका छन् । रूपन्देहीको भैरहवास्थित भीम अस्पतालबाट सरुवा भएर चिकित्सक बर्दी बैजवार आएको अस्पताल व्यवस्थापक राजन घिमिरेले जानकारी दिए ।

चिकित्सक शेषराज घिमिरेले छाडेपछि जिल्ला अस्पताल चिकित्सकविहीन बनेको थियो । चिकित्सक नहुँदा नियमित उपचार, पोस्टमार्टम, स्वास्थ्य परीक्षण, ओसीएमसी (लैगिक हिंसासम्बन्धी एकद्वार व्यवस्थापन केन्द्र) लगायत काम ठप्प थिए ।


स्वास्थ्य निर्देशनालय बुटवलका प्रमुख विनोदकुमार गिरीले यहाँ आएर अस्पतालको अवस्था बुझेर फर्केपछि चिकित्सक पठाएका हुन् । उपचारका लागि आएका बिरामीले सेवा र औषधि नपाएको गुनासो गरेका थिए । निर्देशनालयले कार्यालय प्रमुखको जिम्मेवारीसहित डा. बैजवारलाई खटाएर पठाएको हो । अस्पतालको लेखामा काम गर्नका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानले सिंचाइ विकास तथा जलस्रोत व्यवस्थापन कार्यालय प्यूठानका लेखापाल खिमबहादुर अधिकारीलाई तोकेको व्यवस्थापक घिमिरेले बताए ।


प्रकाशित : आश्विन १, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?