२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सयौं बालबालिका ठग्ने २ जना पक्राउ

कमल पन्थी

(बर्दिया) — कैलाली जिल्ला कैलारी गाउँपालिका-९ का सुगम भन्ने मानबहादुर देउवा र प्रमोद साउद पक्राउ परेका छन् । आठ सय बढी बालबालिकालाई ललाइफकाई मोटो रकम असुलेको भन्दै प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो । 

देउवा र साउदले ०७५ साल चैत महिनाबाट फारबेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रडिङ प्रालि कम्पनी खोलेका थिए । प्रालिका प्रबन्धक बनि बालबालिकाबाट ५ हजारका दरले सेयर बिक्री गरेका थिए । वाल वन नामक सेयर जारी गरी १८ वर्ष मुनीका बालबालिकालाई लक्षित गरी ५ हजारका ४० लाख रकम उठाएको प्रहरीले जनाएको छ ।


काठमाडौं सामाखुसी केन्द्रीय कार्यालय, बर्दियाको राजापुर शाखा र मैनापोखर, बासगढी, जयनगर, भुरीगाउ, सानोश्री लगायत ठाउँमा सम्पर्क कार्यालय खोलेको प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले जनाए । उनीहरुलाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाएको प्रहरी उपरीक्षक बास्तोलाले भने, 'यस प्रालिले कैलालीमा समेत गैरकानुनी ढंगले रकम असुलेको देखिन्छ ।'


प्रकाशित : भाद्र २९, २०७६ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?