कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

ल्यान्डफिल साइट सञ्चालन

नेपालगञ्ज — एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (ल्यान्डफिल साइट) यहाँ सञ्चालनमा आएको छ । एसियाली विकास बैंकको साझेदारीमा ३८ करोड ९३ लाख ४२ हजार रुपैयाँ लागतमा ल्यान्डफिल साइट बनेको हो । 

सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बिहीबार उद्घाटन गरेसँगै यो सञ्चालनमा आएको छ । उद्घाटन कार्यक्रममा मन्त्री राईले विकासमा राजनीति गर्न नहुने बताए । ‘नेपालगञ्जको विकासमा हातेमालो गरेर अगाडि बढौं,’ उनले भने, विकासमा यो वा ऊ नभनौं, सबै मिलौं ।’


आधुनिक ल्यान्डफिल साइट बनेसँगै ‘फोहोरबाट मोहर’ फलाउने काम अघि बढ्ने पनि उनले बताए । नेपालका आठ सहरमा यस प्रकारका ल्यान्डफिल साइट बन्दै छन् । नेपालगन्जमा ०७३ जेठ ३१ मा सम्झौता भएर असार २० गतेदेखि काम सुरु भएको थियो ।


१३ बिघा ५ कठ्ठा जमिनमा फैलिएको ल्यान्डफिल साइटमा ३२ वर्षसम्म फोहोर व्यवस्थापन गर्न सकिने सरोकारवाला निकायले जनाएको छ । गल्ने र नगल्ने दुई प्रकारका फोहोरलाई ल्यान्डफिल साइटमा व्यवस्थापन गरिएको छ । गल्ने फोहोरबाट मल बनाउने

अवधारणा पनि अघि सारिएको छ ।


नेपालगञ्जमा दैनिक २५ देखि ३० टन फोहोर जम्मा हुन्छ । ल्यान्डफिल्ड साइटमा दैनिक २६ टन फोहर भण्डारण गर्न सकिनेछ ।

प्रकाशित : भाद्र २९, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?