१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रोकिराखेकाे बसमा आगलागी

नवीन पौडेल

परासी — पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका दाउन्नेको जंगलमा बसमा आगलागी भएको छ।  महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको बसमा आगलागी भएको हो।

रोकिराखेकाे बसमा आगलागी

बसमा सवार यात्रुहरु सकुसल रहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक हेमबहादुर केशीले जानकारी दिए।


आगलागीकाे कारण खुल्न सकेको छैन। बसमा समस्या आएको भन्दै यात्रुलाई अन्य बसमा पठाइएपछि आगलागी भएको थियो ।


बस पूर्णरुपमा क्षति भएको छ। आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : भाद्र २६, २०७६ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?