चन्द समूहका क्षेत्रिय कमाण्डर पक्राउ

कमल पन्थी

बर्दिया — नेत्रविक्रम चन्द समूहका ४ नम्बर क्षेत्रिय कमाण्डरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतीपुरले बासगढी नगरपालिका—५ ब्यारेल टोलका ४५ वर्षीय पुरणबहादुर वलीलाई पक्राउ गरेको जनाएको छ । 

चन्द समूहका क्षेत्रिय कमाण्डर पक्राउ

विस्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा फरार रहेका वलीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेश नाथ बाँस्तोलाले जनाए ।


उनलाई आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिई अदालतमा उपस्थित गराइएको छ । वली प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेको प्रहरी उपरीक्षक बाँस्तोलाले जनाए ।


प्रकाशित : भाद्र २६, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?