कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

आठ महिनादेखि साङ्लामा

कपिलवस्तु — वाणगंगा नगरपालिका–६, अमौलीका मानसिक सन्तुलन गुमाएका ३५ वर्षीय हेमन्त थारूलाई आठ महिनादेखि घरकै कोठामा बाँधेर राखिएको छ । दाहिने हातको नाडीमा लगाइएको साङ्लो झ्यालका फलामे डन्डीमा बाँधिएको छ । 

झ्याल नजिकैको काठको चौकीमा उनी बस्छन् । त्यहीं खान्छन्, सुत्छन् । दिसापिसाब पनि त्यहीं गर्छन् । बिस्तरामा सुत्न मान्दैनन् । खुला छाड्दा छिमेकी र बाटोमा हिंड्नेलाई कुटपिट र झगडा गर्न थालेपछि बाँध्न थालिएको श्रीमती अनिताले बताइन् । ‘साङ्लो खोल्नै हुँदैन,’ उनले भनिन्, ‘बाहिर निस्केर उधुम मच्चाउँछन् ।’ वृद्ध बुबाआमा र छोराछोरीलाई कुटपिट गर्ने गरेकाले नियन्त्रण गर्नुपरेको उनले बताइन् ।


दैनिक दिसापिसाब सोहोर्नुपर्छ । खाना खुवाउन र नुहाउन पनि चार/पाँच जनाले समात्नुपर्छ । चार वर्षदेखि उनी बिरामी परेका थिए । तर कहिले ठीक हुने, कहिले बिरामी पर्ने गरेको भए पनि पछिल्लो ८ महिनादेखि उनी निरन्तर बिरामी परेपछि बाँध्न थालिएको बाबु जोखनले बताए ।

प्रकाशित : भाद्र २४, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?