प्यूठानमा चट्याङ लागेर ५ घाइते 

गिरुप्रसाद भण्डारी

प्यूठान — झिमरूक गाउँपालिका–८, लिवाङमा चट्याङ लागेर ५ जना घाइते भएका छन् । बिहीबार बेलुका चट्याङ पर्दा ५ जना स्थानीय घाइते भएका वडाध्यक्ष तुलस बस्नेतले बताए । स्थानीय ७० वर्षीया चुमा गिरिको भागडौड गर्दा टाउकोमा गम्भीर चोट लागेको छ । 

प्यूठानमा चट्याङ लागेर ५ घाइते 

यसैगरी जवुना भट्टराई, सीता भट्टराई, रिमा गिरि, शेरबहादुर महतरा घाइते छन् । घाइतेहरूलाई वडाध्यक्ष तुलस बस्नेतको नेतृत्वमा तुषारा स्वास्थ्य चौकीका अहेव कमल गिरिसहितको टोलीले प्राथमिक उपचार गरिरहेको छ ।


वर्षात्‌का कारण बाटो बिग्रिएको र झिमरूक खोला गाडी पार गराउन समस्या रहेकोले घाइतेको गाउँमै उपचार भइरहेको प्रहरीले बताएको छ ।


प्रकाशित : भाद्र १९, २०७६ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?