कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

जंगली हात्तीले मच्चाए रातभर आतंक, १२ कठ्ठा धानबालीमा क्षति

ठाकुरसिंह थारु

बर्दिया — ठाकुरबाबा नगरपालिका ४ बर्गदा गाउँमा जंगली हात्तीले मंगलबार राति आतंक मच्चाएको छ । हात्तीको हुलले पातासिंह, नेपालु, भारतसिंह र गुरुदेव थारु लगायतको १२ कठ्ठा धान खाएर क्षति पुर्‍याएको छ । 

जंगली हात्तीले मच्चाए रातभर आतंक, १२ कठ्ठा धानबालीमा क्षति

नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठका अनुसार जंगली हात्तीको हुल गाउँतर्फ छिरेपछि स्थानीय रातभर जाग्राम बसेका थिए । लखेट्न खोज्दा हात्तीको हुल नभाग्दा धानमा क्षति पुगेको हो । प्रमुख श्रेष्ठ बुधबार बिहानै धान खेतीमा हात्तीले पुर्‍याएको क्षतिबारे स्थलगत अनुगमन गरेका छन् । उनले पीडित किसानलाई क्षतिपूर्ति दिलाउने प्रतिबद्धता जनाएका छन् ।


पसाउन थालेको धान हात्तीले खाई दिएपछि किसान समस्यामा परेका छन् । बर्दिया राष्ट्रिय निकुन्जबाट निस्केका हात्तीले दुःख दिँदै आएको स्थानीय बताउँछन् ।

प्रकाशित : भाद्र १८, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?