१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

करेन्ट लागेर १ को मृत्यु

दुर्गालाल केसी

दाङ — करेन्ट लागेर मंगलबार दाङमा १ जनाको मृत्यु भएको छ । घर निर्माणको क्रममा बिजुलीको तार छोएर करेन्ट लाग्दा लमही नगरपालिका ६ देउपुरका ३० वर्षीय जीवन चौधरीको ज्यान गएको जिल्ला प्रहरीले जानकारी दिएको छ । 

स्थानीय एनुका पुनको एक तले घर बनाउने बेला करेन्ट लागेपछि चौधरी छतबाट खसेका थिए । छतबाट खसेर घाइते भएका चौधरीको लमही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।



प्रकाशित : भाद्र १७, २०७६ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?