११ जुवाडे पक्राउ

कान्तिपुर संवाददाता

(बर्दिया) — प्रहरीले जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । मधुवन नगरपालिका—६ का दिलप्रसाद मिश्रको घरमा जुवा खेलाइरहेको अवस्थामा पक्राउ गरेको गरिएको हो ।

उनीहरुबाट ४६ हजार २ सय २७ रुपैयाँ, २ गड्डी तास लगायत सामग्री बरामद गरेको प्रहरी निरीक्षक नरबहादुर खड्काले बताए ।

प्रहरीले जुवा खेलाएको आरोपमा मिश्रसहित ११ जना विरुद्ध कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रकाशित : भाद्र १७, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्य, २ घाइते

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको मन्थली नगरपालिका–२ बान्द्रेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते छन् । 

मन्थलीबाट सिमेन्ट लिएर फुलासीतर्फ जाँदै गरेको ना ६ त ६३०१ नम्बरको ट्याक्टर सडकबाट खसेको हो । दुर्घटनामा परि मन्थली नगरपालिका–१ घर भएका चालक ध्रुव रोकाको मृत्यु भएको छ ।

दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि तामाकोशी अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका अन्य दुई जनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १७, २०७६ ११:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्