कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

संस्कृति जोगाउँदै स्थानीय तह

मौलिक तीज भाका संरक्षण गर्न रामपुर नगरपालिकाद्वारा प्रथम उपप्रमुख तीज गीत प्रतियोगिता आयोजना 

पाल्पा — तानसेन नगरपालिका–७ ले सिद्धार्थ राजमार्ग छेउ प्रवासमा सोमबार खुला तीज गीत प्रतियोगिता आयोजना गरेको छ । वडाले चाडपर्वका लागि छुट्याएको बजेटबाट कार्यक्रम आयोजना गरेको हो ।  

संस्कृतिलाई लोप हुनबाट जोगाउने प्रयासस्वरूप कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष मुक्तिराज जीसीले बताए । वडाले तीजका लागि भनेर २० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । सिद्धार्थ राजमार्ग छेउ प्रवासमा सोमबार खुला तीज गीत प्रतियोगिता आयोजना गरेको छ ।


उसले रोपाइँ जात्राका लागि पनि त्यत्ति नै बजेट छुट्याएको छ । वंशगोपालको फागु, श्रीकृष्ण जन्माष्टमी र शिवरात्रिका लागि पनि बजेट विनियोजन गरिएको उनले बताए । संस्कृति हराउँदै गएकाले यसरी बजेट छुट्याउनु परेको वडाध्यक्ष मुक्तिराज जीसीले बताए । ‘स्थानीय तहबाट सहयोग भएन भने संस्कृति बचाउन नै समस्या छ,’ उनले भने, ‘अहिलेको पुस्तालाई कुनै मतलब छैन ।’


तिनाउ गाउँपालिकाले यस वर्ष ६ वटै वडालाई २५ हजारका दरले तीजका लागि पैसा छुट्याएको हो । गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीका अनुसार गाउँपालिका स्तरीय महिला समन्वय समितिको आयोजनामा तीज गीत प्रतियोगिता गरेर उक्त रकम खर्च गरेका हुन् । कचलमा सात समूहले भाग लिए ।


दोभानमा नौ, झुम्सामा ६ समूहले भाग लिएका थिए । सत्यवतीमा सात, कोलडाँडामा आठ, मस्याममा नौ समूहले भाग लिएको उपाध्यक्ष दमयन्ती थापाले बताइन् । ‘तीज संस्कृतिका लागि बजेट चाहियो भन्ने माग आयो,’ प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले भने, ‘कार्यपालिकाको बैठकबाट नै बजेट छुट्याइएको हो ।’ तिनाउमा मात्र होइन, अन्य स्थानीय तहमा पनि टोल, वडा हुँदै गाउँपालिका स्तरीय प्रतियोगिता भएका छन् ।


मौलिक तीज भाका संरक्षण गर्न रामपुर नगरपालिकाले प्रथम उपप्रमुख तीज गीत प्रतियोगिता गर्‍यो । ‘उपप्रमुखको ध्येय, विपन्नलाई आय, पीडितलाई न्याय’ नारा नै तय गरेर प्रतियोगिता गरेको हो । प्रतियोगितामा नगरका ३१ संघसंस्था र महिला समूहले भाग लिएका थिए ।


मौलिक गीतको संरक्षणलाई प्राथमिकता दिएको उपाध्यक्ष विष्णुकुमारी आचार्य घिमिरेले बताइन् । ‘वैदेशिक रोजगारीले परिवार र समाजमा पारेको प्रभावका विषयलाई गीत बनाए,’ उनले भनिन्, ‘समाजको विकास, परिवर्तन र समाजमा बढेको विकृतिलाई पनि गीतमार्फत पोखेका छन् ।’


रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले महिलाको पर्वका रूपमा तीज भए पनि महिला र पुरुष मिलेर मनाउने गरेको बताए । ‘मौलिक भाकाको संरक्षण र महिला दिदीबहिनीबीचको सम्बन्ध सुमधुर बनाउन यसले सहयोग गरेको छ,’ उनले भने । मौलिक तीज भाका संरक्षण र रामपुर क्षेत्रलाई चिनाउन सफल कलाकार लक्ष्मी तिवारीलाई त्यस अवसरमा सम्मान गरिएको थियो ।


रैनादेवी छहराले पनि गाउँपालिका स्तरीय तीज गीत प्रतियोगिता गरेको छ । कला, संस्कृति र परम्पराको संरक्षण गर्न गाउँपालिकामा प्रतियोगिता राखिएको हो । ‘कला र संस्कृति जोगाउन वडाबाट सहभागिता गराएर गत वर्ष पनि प्रतियोगिता आयोजना गरिएको थियो,’ गाउँपालिका उपाध्यक्ष चेतकुमारी थापाले भनिन्, ‘कला र संस्कृतिलाई बचाउन स्थानीय तह नै अग्रसर हुनुपर्ने देखिएको छ ।’


प्रतियोगितामा आठ वडाका १३ समूह सहभागी थिए । सबैलाई सहभागी गराउन गाउँपालिकाले वडा स्तरीय तीज गीत प्रतियोगिता आयोजना गरेको अध्यक्ष रामबहादुर कार्कीले बताए । ‘मौलिक गीतलाई प्राथमिकता दिएका छौं,’ उनले भने, ‘परम्परालाई भुल्न नदिन पनि यो सहयोगी बनेको छ ।’ यसले मौलिक र पुराना तीज भाका संरक्षण गर्न सहयोग पुगेको प्रमुख प्रशासकीय प्रमुख ज्ञानुराम पन्थीले बताए ।


बगनासकाली गाउँपालिकाले पनि विभिन्न वडामा तीज विशेष कार्यक्रम गरेको छ । चिर्तुङधारा, नायरनमतलेसलगायतका वडाले पनि यस्तो कार्यक्रम गरेका छन् । गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले मौलिक तीज संस्कृति जोगाउनु पर्ने अवस्था आएको बताए ।


‘परम्परागत तीजभन्दा पनि आधुनिकताले बढी प्राथमिकता पाएको छ,’ उनले भने, ‘त्यसैले पनि परम्परागत संस्कृति संरक्षणमा सहयोग गरिएको हो ।’ यहाँका अन्य स्थानीय तहले पनि तीज संस्कृतिका नाममा बजेट खर्च गरेका छन् । अधिकांश स्थानीय तहमा संस्कृति बचाउन विभिन्न प्रतियोगिता र प्रदर्शनी गरिएको हो ।

प्रकाशित : भाद्र १७, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?