दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

दुर्गालाल केसी

दाङ — पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको देउखुरीमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

लमहीबाट भालुबाङतर्फ गैरहेको रा३प २०६१ र विपरित दिशाबाट आउँदै गरेको लु१९प ५५०६ नम्बरको मोटरसाइकल राप्ती गाउँपालिका–८ पिपरीमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।


मोटरसाइकल ठोक्किएको अवस्थामा पश्चिमबाट पूर्वतफै गैरहेको ना६ख ६७७४ नम्बरको ट्रकले थप ठक्कर दिएपछि उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृत्यु हुनेमा रा३प २०६१ नम्बरको मोटरसाइकल चालक लमही नगरपालिका ४ का २८ वर्षीय डाक्टर विनय चौधरी र पछाडि बसेका घोराही उपमहानगरपालिका–१५ का २६ वर्षीय बालकृष्ण भण्डारी रहेका छन् ।


दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा राति लमही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।


लु१९प ५५०६ नम्बरको मोटरसाइकल चालक राप्ती–८ का २७ वर्षीय दिपक मरासिनी घाइते भएको र उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको उनले जानकारी दिए । मोटरसाइकल ठोक्किएको अवस्थामा थप ठक्कर दिने ट्रक नियन्त्रणमा रहेको र चालक फरार रहेको उनले बताए ।

प्रकाशित : भाद्र १७, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?