२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

गैंडाको आक्रमणमा ३ घाइते

कमल पन्थी

(बर्दिया) — सामूदायिक वनबाट निस्केको गैंडाले शनिवार बिहानआक्रमण गर्दा ३ जना घाइते भएका छन् । उनीहरुमध्ये २ जनाको अवस्था जटिल भएपछि उपचारका लागि बाँके कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको छ । 

जिल्लाको बारबर्दियास्थित कुसुम्बाघाटमा नवनिर्मित झोलुङे पुल हेर्न गएकाहरुलाई रानीपुरको जंगलबाट निस्केको गैंडाले आक्रमण गरेको थियो । आक्रमणबाट बारबर्दिया नपा-४ का ३९ वर्षीय रामप्रसाद थारु, सोही नपा-५ का ६५ वर्षीय जंगली थारु र १० वर्षीया शिखा थारु घाइते भएको स्थानीय फुलपाति थारुले बताए ।प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जंगली र शिखाको अवस्था जटिल रहेको बताए ।

प्रकाशित : भाद्र १४, २०७६ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?