चन्द समूहका कार्यकर्ताले गरे आत्मसर्मपण

बागलुङ — नेत्रविक्रम चन्द समूहको सदस्यमा रहेर विध्वंसात्मक कार्यमा संलग्न भएको आरोपमा समातिएका एक युवाले जिल्ला प्रशासनमा आत्मसर्मपण गरेका छन् । 

ढोरपाटन नगरपालिका १ का हरिबहादुर कुँवरले बिहीबार आत्मसमर्पण गरेर स्वतन्त्र व्यवसाय गर्ने बताए । एनसेलको टावर आक्रमणपछि चन्द समूहमा संलग्न भएको आशंकामा उनलाई प्रहरीले तीन साताअघि पक्राउ गरेको थियो ।


‘विध्वंसको राजनीति नगर्ने, प्रचलित कानुन मान्ने र स्वतन्त्र व्यवसाय गरेर बस्ने लिखित प्रतिबद्धता जनाएपछि उनलाई रिहा गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले भने, ‘शान्तिसुरक्षा कायम राख्ने काममा पनि साथ दिन्छु भनेका छन् ।’ उनी बुर्तिबाङ बजारमा व्यवसाय गर्दै आएका छन् । राष्ट्रिय जनमोर्चाको राजनीतिमा लागेका कुँवर नेकपा माओवादी, वैद्य समूह हुँदै चन्द समूहमा लागेका थिए ।

प्रकाशित : भाद्र १२, २०७६ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?