१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अट्वारी पर्व भदौ १५ मा 

दुर्गालाल केसी

दाङ — थारु समुदायले यस वर्षको अट्वारी पर्व आइतबार मनाउने भएको छ । पौराणिक मान्यता अनुसार हरेक वर्ष भदौको पहिलो जुनेली रातको पहिलो आइतबार अट्वारी मनाउने गरिन्छ । 

जस अनुसार यस वर्ष भदौ १५ मा अट्वारी मनाउने तिथि जुरेको जिल्लामा क्रियाशील थारु संघसस्थाका अगुवाहरुले जनाएका छन् ।

थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरी, थारु पत्रकार संघ प्रदेश नं. ५ का संयोजक सन्तोष दहित, महतवा महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरी, लौव अग्रासन साप्ताहिकका प्रधान सम्पादक केबी चौधरी, थारु पत्रकार संघका अध्यक्ष नविन चौधरी, ख्याल बगालका अध्यक्ष सवि थारु र हर्चाली समूहका सचिव अशोक चौधरीले प्रेस विज्ञप्ती जारी गरी तोकिएकै दिन अट्वारी मनाउन सबैलाई अनुरोध गरेका छन् ।

विगतमा मेचीदेखि महाकालीसम्म छरिएर रहेका थारु समुदायबीच अट्वारी मनाउने विषयमा एकरुपता नहुँदा समस्या हुने गरेको भन्दै उनीहरुले अब एकैदिन मनाउन सबैलाई अनुरोध गरेका छन् ।

उनीहरुले अट्वारीमा सार्वजनिक विदा दिन प्रदेश सरकारसँग माग पनि गरेका छन् । अट्वारीलाई थारु समुदायमा दाजुभाई, दिदीबहिनी र छरछिमेकीहरुबीच माया, ममता सद्भाव र भातृत्व कायम गर्ने पर्वका रुपमा मनाइन्छ ।

प्रकाशित : भाद्र १२, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?