१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विद्यालय आउँदै गर्दा बाटोमै बेहोस भएकी छात्राको मृत्यु

माधव अर्याल

पाल्पा — जिल्लाको रम्भा माविमा बुधबार पढ्न आएकी एक छात्राको बेहोस भएपछि मृत्यु भएको छ । रम्भा गाउँपालिका-५ ताँहुस्थित रम्भा माविमा बिहानीको अतिरिक्त कक्षा लिन आएकी पूर्वखोला-६ हेक्लाङकी १५ वर्षिया कमला फालको मृत्यु भएको विद्यालयले जनाएको छ । 

उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी कक्षा १० की विद्यार्थी हुन् । उनको सालवास हेक्लाङ घर भएपनि ताँहु बाकुम मामाघरमा बसेर ताँहुमा पढ्न आउने गर्थिन् । उनी बेहोस भएप्छि अन्य आठ जना पनि रुँदै बेहोस् भएका थिए । स्थानीय प्रकाश श्रेष्ठका अनुसार बिहान अतिरिक्त कक्षा लिन आउने क्रममा रामपुर-आर्यभन्ज्याङ् सडक अन्तर्गत ताँहु बजारको बसाहा आइपुग्दा अचानक बेहोस भएकी हुन् । उनी बेहोस भएसँगै अन्य विद्यार्थी पनि अत्तालिएर बेहोस भएका थिए ।


६ जनाको ताँहुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा र दुई जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार गरिएको थियो । बेहोस विद्यार्थी सबै उपचारपछि घर फर्केका छन् । बिहान अतिरिक्त कक्षा सञ्चालन भएको र घरबाट आउने क्रममा ८ बजेतिर विद्यार्थी अचानक बेहोस भएका थिए । स्थानीय श्रेष्ठका अनुसार मृतक फाल बेहोस भएपछि अरु पनि रुादै बेहोस भएका हुन् । विद्यालयका प्रधानाध्यापक तुलसीराम अर्यालका अनुसार अहिले बाँकी बेहास भएका विद्यार्थीको अवस्था सामान्य छ ।

प्रकाशित : भाद्र ११, २०७६ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?