कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई जनाको ज्यान लिने बाघ नियन्त्रणमा 

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जले दुई जनाको ज्यान लिने बाघलाई सोमबार बिहान नियन्त्रणमा लिएको जनाएको छ । शुक्रबार र आइतबार बाघले दुई जनाको ज्यान लिएपछि निकुञ्जका प्राविधिक, नेपाली सेनासहित चार वटा हात्तीले घाइते अवस्थाको बाघलाई नियन्त्रणमा लिएको सहायक संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए ।

दुई जनाको ज्यान लिने बाघ नियन्त्रणमा 

बाघलाई नियन्त्रणमा लिएर निकुञ्जको मुख्यालयमा ल्याउन लागिएको छ । उक्त बाघलाई भुरीगाउॅ नजिक बर्दिया निकुञ्जबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको बाघ आपसमा जुँधेर घाइते भएको आशंका गरिएको छ ।

बाघले आइतबार बिहान एक बृद्धलाई आक्रमण गरि मारेको थियो । ठाकुरबाबा नगरपालिका—१ खानेपानी टोल भुरीगाउॅमा बाघले आक्रमण गर्दा ७० वर्षिय पहरिया थारुको मृत्यु भएको थियो ।


घरमा पालेको संगुरलाई आहारा दिने समय विहान करिब ७ बजे बाघले आक्रमण गर्दा थारुको मृत्यु भएको हो । चार दिन अघि गेरुवा गाउॅपालिका—४ मा घास काट्न सामूदायिक वनमा जादा स्थानीय रामकली शाहीलाई बाघले आक्रमण गरि मारेको थियो ।

प्रकाशित : भाद्र ९, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?