सरोकार समितिले माग्यो उपकुलपतिको राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऊ अभियान’ नाममा केही दिनअघि गठित सरोकार समितिले प्रतिष्ठानका उपकुलपति डा संगीता भण्डारीको राजीनामा माग गरेको छ ।

विभिन्न पेशा, व्यवसायी, अधिकारको क्षेत्रमा काम गरिरहेका व्यक्तिले स्वस्फूर्तरुपमा गठन गरेका अभियानले प्रष्तिठानको वास्तविक अवस्था अध्ययन गरी उपकुलपतिको राजीनामा नै उपयुक्त उपाय भएको ठहर गर्दै राजीनामासमेत मागेको हो ।

अभियानका अगुवा विकिरण गौतमको नेतृत्वमा आइतबार अपराह्न प्रतिष्ठान पुगेको टोलीले रजिष्ट्रार रामप्रसाद प्याकुरेललाई राजीनामा माग्नु पर्नाको कारणसहित पत्र बुझाएको थियो ।

राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्तरोन्नति हुँदा पनि जिल्लावासीले चाहे अनुसारको सेवासुविधा नपाएको उपकुलपतिकै कारण प्रतिष्ठान धरासायी बनेको उनीहरुको आरोप थियो ।

प्रकाशित : भाद्र ८, २०७६ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्

विषादी सेवनबाट बालिकाको मृत्यु

भीमबहादुर सिंह

जाजरकोट — कुशे गाउँपालिका ८, बिजुलीडाँडामा विष सेवनबाट एक बालिकाको ज्यान गएको छ । बिजुलीडाँडा बस्ने चित्रबहादुर रोकायकी अढाई वर्षीय छोरी प्रवेशिका रोकायको विष सेवनबाट आइतबार मृत्यु भएको हो । 

घरमा कोही नभएको अवस्थामा कोठामा राखेको तरकारी खेतीमा प्रयोग हुने थाइराइड नामको विषादी खाँदा उनको ज्यान गएको प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताए । बालिकाले विषादी खानेकुरा होला भनेर खाएको अनुमान खत्रीको छ ।

घटनाबारे अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको उनले बताए ।

बालिकाको शव पोस्टमार्टमका लागि जाजरकोट अस्पताल ल्याउन लागेको प्रनाउ खत्रीले बताए ।

प्रकाशित : भाद्र ८, २०७६ १६:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्