१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

होटलमा मृत फेला

दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका १५ ट्राफिक चोकस्थित शंकर होटेलमा बास बसेका बंगलाचुली गाउँपालिका–८  रानिबासका २३ वर्षीय लालु घर्ती मृत भेटिएका छन् ।

भारतमा रोजगारी गरी फर्कने क्रममा शनिबार राति होटेलमा ६ जना बास बसेको र कोठा नं. २०६ मा एक साथीसहित सुतेका घर्ती आइतबार बिहान मृत भेटिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।


घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी विनोदविक्रम शाहले बताए ।


प्रकाशित : भाद्र ८, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?