कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

छैनन् इतिहास र संस्कृति पढ्ने

सन्जु पौडेल

रुपन्देही — यहाँस्थित बुटवल बहुमुखी क्याम्पसमा इतिहास र संस्कृति विषय पढ्ने विद्यार्थी घटेका छन् । मानविकी संकायअन्तर्गतका यी विषय लगातार विद्यार्थीविहीन बनेको क्याम्पसको तथ्यांकमा पाइन्छ ।

छैनन् इतिहास र संस्कृति पढ्ने

पछिल्लो समय राज्यको नीतिले नै यस्ता विषय ओझेलमा परेको इतिहास, संस्कृति तथा पुरातत्त्व विषयका प्रमुख प्राध्यापक डा. सूर्यबहादुर जीसीले बताए ।


‘शिक्षाको निजीकरणले तत्काल आर्थिक उपार्जनको बाटोतर्फ लक्षित हुँदा इतिहास विषय पछाडि परेको छ,’ उनले भने, ‘पहिले यो विषय पढेकाले पनि पछि अन्यबाट भविष्य बनाउन थाले ।’ इतिहासलाई विभाजित गराउँंदै लगिएकाले पनि यसको महत्त्व घटेको उनले बताए ।


शिक्षा नीतिमै सबै संकायमा यसलाई अनिवार्य १ सय पूर्णांकसम्म राखिदिए नयां पुस्ताले ऐतिहासिक ज्ञान हासिल गर्न सक्ने उनले बताए । तिनाउ विकास बैंकमा कार्यरत नारायण पराजुली ०७३ इतिहास पढ्न भर्ना भए । अहिले उनले स्नातक तेस्रो वर्षको परिक्षा दिएका छन् ।


पेशाले बैंकर उनी सानै उमेरदेखि विभिन्न पुस्तक पढ्थे । विदेशी मुलुकमा जस्तो इतिहासबारे जान्न चाहने व्यक्तिको नेपालमा कमी रहेको उनले बताए । ‘कक्षाकोठामा एक्लै बसेर पढेको दिन पनि थियो,’ उनले भने, ‘दीर्घकालीन प्रतिफल दिने विषय भए पनि पढ्ने विद्यार्थी कम छन् ।’


देशको परिस्थितीले नै यस विषयमा रुची नदेखिएको उनले बताए । पछिल्लो समय विद्यार्थीको सोंच छिटो छरितो अध्ययन र जागिर या पैसा आर्जनतर्फ केन्द्रित हुंदा यी विषयमा आकर्षण घटै गएको संस्कृति विषयका प्राध्यापक राजेन्द्र ढुंगानाले बताए । ‘क्याम्पसबाट प्रविणता प्रमाणवत्र तह हटाएपछि मानविकी पढ्ने विद्यार्थी घटै गए,’ उनले भने, ‘विद्यालय तहबाटै संस्कृति विषयमा अध्यापन जरुरी ।’ अहिले त यी विषय विद्यार्थी विहीन बनेका छन् ।


कक्षाकोठामा न्यून विद्यार्थी हुंदा पढाउन पनि खासै रुची नलाग्ने उनले बताए । यस्ता विषयले संस्कार जोगाउँन सघाउने भएपनि सरकराले ध्यान नदिएको उनले बताए । परिक्षा शाखाका अनुसार इतिहास विषयमा स्नातक तह दोस्रो वर्षमा कुनै पनि विद्यार्थी अध्ययनरत छैनन् । त्यस्तै संस्कृति विषयमा पनि विद्यार्थी संख्या सुन्य छ ।


स्नातक तह तेस्रो वर्षमा इतिहास र संस्कृति विषयमा एक–एक विद्यार्थी मात्र अध्यनरत रहेको क्याम्पस प्रमुख डा. सखिसरण सुवेदीले बताए । ‘विद्यार्थी आएसम्म हामीले पठन पाठन गराएका छौं,’ उनले भने, ‘तीन प्राध्यापक भए पनि विद्यार्थी छैनन् ।’


त्यसैगरी संस्कृति विषयमा एक स्थायी र एक करारमा नियुक्त भएका प्राध्यापक रहेको उनले जनाए । यस्तै क्याम्पसका भुगोल विषयमा पनि विद्यार्थी संख्या निकै कम छ । स्नातक तर्फ प्रथम वर्षमा ७ जनाले भूगोल पढीरहेका छन् । तेस्रो वर्षमा पनि सातै जना रहेको क्याम्पसको परिक्षा शाखाले जनाएको छ । तर दोस्रो वर्षमा भने २ जना मात्र रहेका छन् ।


क्यम्पसमा इतिहास र संस्कृति विषयमा विद्यार्थीको आकर्षण घटेको एक दशक भन्दा बढी भयो । प्रमाणपत्र तहलाई विश्वविद्यालयबाट हटेपछि उच्च माध्यमिक शिक्षा परिषदले ११ र १२ कक्षा सञ्चालन गर्न थाले । ११ र १२ सञ्चालन गर्ने विद्यालयले मानविकी कम प्राथमिकतामा पार्यो ।

प्रकाशित : भाद्र ७, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?