चन्द समूहका ३ जना पक्राउ 

अमृता अनमोल

बुटवल — विभिन्न अभियोगमा रुपन्देही प्रहरीले नेकपा चन्द समूहका ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सचिवालय सदस्य मुकेश भन्ने ६३ वर्षे विष्णुप्रसाद तिवारी, ५० विक्रम यादव र ४३ वर्षीय रुदल यादव छन् ।

भदौ ३१ मा प्रदेश सभा ५ का नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम विष्फोट गरेका व्यक्ति पत्ता लगाउँदै जाँदा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी पवक्ता धर्मराज भण्डारीले बताए । प्रहरीले उनीहरुकै समूहले भदौ १५ गते राति रुपन्देहीको गैडहवा २ मा रहेको इनसेल मोबाइलको टावरमा आगो लगाएको दाबी गरेको छ । उनीहरुलाई विष्फोटन पदार्थ तथा आगलागी शीर्षकमा मुद्दा भई अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले जनाए ।

प्रकाशित : भाद्र ६, २०७६ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्

पाथीभरा गोल्डकपको उपाधि सुनसरीलाई

आनन्द गौतम

(ताप्लेजुङ) — ताप्लेजुङमा सञ्चालित पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि इलेभेन एरोज क्लब दुहवी सुनसरीले जितेको छ । सुनसरीले गत वर्षको विजेता रेडस्टार फुटबल क्लब विर्तामोड झापालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो । 

टाइब्रेकरमा रेडस्टारका योगेश गुरुङ र विकास थुलुङ गोलगर्नबाट चुके । इलेभेन एरोजका रुपेश केसी, जीवन धामी, विश्व एप्स र उमेश कार्की गोल गर्न सफल भए । रेडस्टारका पूजन उपरकोटी र विशाल लिम्बूले मात्रै गोल गर्न सके ।
पहिलो हाफसम्म गोल गर्न नसकेका दुवै टिमले दोस्रो हाफमा २–२ गोल गरेका थिए । रेडस्टारको तर्फबाट दोस्रो हाफको १५ औं मिनेटमा योगेश गुरुङले गोलको खाता खोलेका थिए । उनले १८ मिनेटको दूरीबाट हानेको फ्रिकिक गोलमा परिणत भएको थियो । त्यसको १० मिनेटपछि अर्थात् खेलको २९ औं मिनेटमा सुनसरीका यानिक ओनाले प्रवेश दनुवारले हेडमार्फत दिएको पासलाई सदुपयोग गरे र खेललाई बराबरीमा पुर्‍याए । उनले २ जना डिफेण्डरलाई छकाएर जाली चुमाएका थिए ।

रेडस्टारका मिलन राईले खेलको ४३ औं मिनेटमा आफ्नो टिमलाई पुन: अग्रता दिलाए । उनले हानेको थ्रोइङ गोलमा परिणत भयो । रेडस्टारले जितको उत्सव मनाउँनै लाग्दा सुनसरीका सुशन तामाङले खुसी खोसिदिए । उनले विजय भुजेलको सुन्दर पासमा खेलको ३९ औं मिनेटमा गोल गरी बराबरी बनाए र खेललाई टाइबेकरमा लगे ।

सुनसरीले नगद ३ लाख ११ हजारसहित कप, ट्रफी प्राप्त गरेको छ भने झापाले १ लाख ५१ हजारमा चित्त बुझाएको छ । विजेतालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कप दिएका छन् ।















प्रकाशित : भाद्र ६, २०७६ १९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्