घूस लिँदालिँदै सहायक वन अधिकृत पक्राउ

कमल पन्थी

(बर्दिया) — अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालगन्जले सहायक वन अधिकृतलाई घूस लिएको आरोपमा पक्राउ गरेको छ । बासगढीस्थित वन कार्यालयमा कार्यरत सवअ अनिलकुमार गुप्तालाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घूस लिँदालिँदै पक्राउ गरेको छ ।

अख्तियारका नेपालगन्ज प्रमुख गणेश गैरेले शुक्रबार स्थानीय सःमिलबाट घूस लिँदालिँदै पक्राउ गरेको जनाएका छन् । उनलाई आवश्यक कारबाहीका लागि पक्राउ गरी नेपालगन्ज लगिएको अख्तियारले जनाएको छ ।

प्रकाशित : भाद्र ६, २०७६ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?