कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठगी अभियोगमा बैंक म्यानेजर पक्राउ

दुर्गालाल केसी

दाङ — देव विकास बैंक नारायणपुर शाखा प्रमुख समिर बुढाथोकी ठगी अभियोगमा पक्राउ परेका छन् । बैंकको १७ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।

घोराही उपमहानगरपालिका १० नारायणपुर निवासी ३५ वर्षीय बुढाथोकी वैशाखदेखि फरार थिए । खोजतलासका क्रममा बुधबार लमहीबाट पक्राउ गरिएको शाहले जानकारी दिए । बुढाथोकीको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।


प्रकाशित : भाद्र ४, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?