नदीमा बेपत्ता मानिस मृत फेला

दुर्गालाल केसी

दाङ — चार दिनअघि राप्ती नदीमा बगेर बेपत्ता भएका लमही नगरपालिका ९ का ८२ वर्षीय झुपलाल नेपाली मंगलबार मृत भेटिएका छन् । 

प्रतिकात्मक तस्बिर ।

खोजी गर्ने क्रममा बाँकेको राप्ती सोनारी गाउँपालिका ३ खैरेनीस्थित नदीकोबीच टापुमा उनको शव भेटिएको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी विनोदविक्रम शाहले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : भाद्र ३, २०७६ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्

अरुणखोलामा दुईतर्फी यातायात सञ्चालन

नारायण शर्मा

(नवलपरासी) — पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा दोहोरो यातायात सञ्चालन भएको छ । सडकदेखि दक्षिणमा बनाइएको डाइभर्सन सडकमा दुई दिनको मर्मतपछि मंगलबार दिउँसो ४ बजेबाट दोहोरो यातायात सञ्चालनमा आएको हो ।

खोला बढेर बगाएको डाइभर्सनमा सोमबार दिउँसोदेखि २ वटा डोजरले काम गरेको थियो ।

यातायात सञ्चालनपछि ४ दिनदेखि जाममा परेका मालबहाक ट्रक र साना गाडी गन्तब्यतर्फ लागेको स्थानीय चेतन पौडेलले जानकारी दिए ।

एक साताअघि अरुणखोला पुलको फलामे बारमा ट्रक ठोक्किँदा पुल भाँचिएको थियो ।

यो पनि



प्रकाशित : भाद्र ३, २०७६ १६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्