एनसेल टावरमा आगजनी

दुर्गालाल केसी

दाङ — शान्तिनगर गाउँपालिका ५ रगैंचास्थित एनसेल टावरमा आगजनी भएको छ । स्थानीय खड्क बिष्टको मकैबारीमा रहेको टावरमा सोमबार राति १ बजे आगजनी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।

उनका अनुसार आगलागीबाट टावरको जेटेरेटर पूर्णरुपमा नष्ट भएको छ ।


घटनामा नेत्रविक्रम चन्द समूहमाथि आशंका रहेको र थप अनुसन्धान भइरहेको शाहले बताए ।


प्रकाशित : भाद्र ३, २०७६ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?